व्यवसायीद्वारा भन्सार शुल्क नलिन सरकारसँग माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन । काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन ।

फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरु भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व्यवसायीहरुले गरेका छन । एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गरे । उनले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उनको भनाइ छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरै भन्दा धेरै रोजगारी सिर्जना हुने उनले बताए।

त्यस्तै युनाइटेड फम एण्ड मेट्रेस इण्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरु विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरुलाई टेण्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताए । उनले नेपालकै फर्निचर तथा फर्निसिङ सामग्रीहरुलाई प्रयोग गर्ने चलन बढेको बताए ।

भृकुटीमण्डपमा जारी प्रदर्शनी भदौ २७ गतेसम्म चल्ने जनाइएको छ । फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा अवलोकन कर्ताहरुको भीड लागेको छ । प्रदर्शनीमा सोचे भन्दापनि धेरै अवलोकन कर्ताहरुले अवलोकन गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array