सर्वोच्च अदालतको भवन ठेक्कामा केपी शर्मा ओली र बिष्णु पौडेलको सहयोग: चोलेन्द्र शम्शेर जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली   र अर्थमन्त्री बिष्णु पौडेलको सहयोगमा आफूले ठेक्कालगाएको बताएका छन् । भवन ठेक्कामा अनियमितता भएको पुष्टी भईसकेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

 निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली   र अर्थमन्त्री बिष्णु पौडेलको सहयोगमा आफूले ठेक्कालगाएको बताएका छन् । भवन ठेक्कामा अनियमितता भएको पुष्टी भईसकेको छ ।

आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिएका जबराले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई गालीगलौज ठहर हुने शब्दहरु प्रयोग गरेर लान्छना लगाएका छन् ।

बयानका क्रममा जबराले सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको प्रश्नमा जवाफ दिदै त्यसलाई स्वीकार गरेका छन् । रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले गरेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण म सफल भएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

Array