नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।अलमुताइरीले आइतवार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।

तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array