प्रकाशमान सिंह र रवीन्द्र मिश्र बीच जुहारी, दन्तबजानमा दुवै अब्बल

राप्रपा प्रवेशको लागि हरियो झण्डा कुरेर बसेका रवीन्द्र मिश्रलाई, "आफ्नो नेतृत्वमा स्थापना भएको दललाई दुई वर्ष टिकाउन नसक्नेले के काम गर्लान" भन्दै प्रकाशमान सिंहले हिजो व्यंग्य गरेका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाण्डौ :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र वीच जुहारी चलेको छ । दन्तबजानमा दुवै अब्बल  देखिएका छन् ।

राप्रपा प्रवेशको लागि हरियो झण्डा कुरेर बसेका रवीन्द्र मिश्रलाई, “आफ्नो नेतृत्वमा स्थापना भएको दललाई दुई वर्ष टिकाउन नसक्नेले के काम गर्लान” भन्दै प्रकाशमान सिंहले हिजो व्यंग्य गरेका थिए ।

कांग्रेस नेता सिंहको व्यंग्यको मिश्रले ठाडो प्रतिवाद गरेका छन् । मिश्रले सामाजिक सञ्जालमा लेख्दै स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको भन्दै सिंहलाई सोधेका छन्, “तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?”

मिश्रले प्रश्नको बर्षातनै गरेका छन् । मिश्रले प्रश्न गरेका छन् – “गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?’”जनताको नजरमा पनि प्रकासमान माथि यो गम्भीर नैतिक प्रश्न हो ।

त्यस्तै संसद चलेको कुल कति दिन उपस्थित हुनुभयो ? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन ? पूर्वाधार विकास, सम्पदा संरक्षण लगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो ? जस्ता प्रश्न मिश्रले गरेका छन् ।

निर्वाचन घोषणा भएपछि कांग्रेस नेता सिंह र राप्रपा प्रवेशको लागि हरियो झण्डा कुरेर बसेका रवीन्द्र मिश्र वीचको दन्तबजान बाक्लिएको छ । यस अघि मिश्र , कांग्रेस नेता सिंहसँग निर्वाचनमा पराजित भएका थिए ।

कांग्रेस नेता सिंह सँग प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं कमाण्डर गणेशमान सिंहको विरासत रहेको छ । त्यस्तै रवीन्द्र मिश्रका बुबा मनुजबाबु मिश्र पञ्चायत समर्थक हुनुहुन्थ्यो । मनुजबाबु मिश्रले बहुदल घोषणा पश्चात मृत्युपर्यन्त आफूलाई स्वनजरवन्दमा राख्नुभएको थियो ।

राजनीतिमा दुवै परिवार वीचको अंतरद्वन्द अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array