काठमाडौँ-निजगढ द्रुतमार्गको ठेक्का प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ -काठमाडौँ-निजगढ द्रुतमार्गको ठेक्का प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ-निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणी कुमारी खड्काले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्

Array