साउदीमा अलपत्र नौ नेपाली युवाको उद्धार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – वैदेशिक रोजगारीका लागि साउदी पुगेका नौजनाको उद्धार गरिएको छ। जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजनाको एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो ।

गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा उनीहरूको उद्धार गरिएको हो। गुठीचौर– १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खडग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय र जनक बुढाको उद्धार गरिएको वडाध्यक्ष महताराले जानकारी दिएका छन।

उनीहरुलाई राम्रो तलब दिने भनी नेपालबाट ब्लु ग्यालेक्सी कम्पनीले साउदी पठाएको रहेछ। साउदीमा क्युसिएम कम्पनीले भनेको काम र तलब नदिँदा उनीहरुअलपत्र परेका थिए । नेपालबाट बैंक क्लिनर र हस्पिटल क्लिनरको रूपमा पठाइए पनि उनीहरूलाई आर्मी ब्यारेकमा काम लगाइएको थियो।

सुरुमा मासिक तलब एक हजार साउदी रियाल दिने भनिए पनि उता पुगेपछि आठ सय मात्रै दिने गरी काम गर्न बाध्य पारिएको पीडितहरूको गुनासो छ। त्यो पनि केही समयपछि पूरा तलब नदिएको बताइएको छ। उनीहरू नेपाल आएपछि ‘ब्लुग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी गरेका छन।

प्रतिक्रिया दिनुहोस्

Array