आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन, बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने

आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन । सिट बाँडफाँड टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी सकिएको हो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन । सिट बाँडफाँड टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी सकिएको हो।

बैठकमा सिट बाँडफाँटसम्बन्धी कार्यदलले अहिलेसम्म गरेका कामको ब्रिफिङ भएको जानकारी दिएको छ । कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।

शीर्ष तहबाट समेत बाँकी सिटका विषयमा सहमति हुन सकेको छैन। सहमति हुन गारो रहेको श्रोतले बताउछ ।

प्रतिक्रिया दिनुहोस्

Array