सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् ।  प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न सहज नामानिरहेको समयमा यो विज्ञप्ति आएको छ । राष्ट्रपति भण्डारी सेनाको सहयोगमा केहि गम्भीर कदम चाल्न गहिरहेको आसंका वीच सेनालाई राष्ट्र हितको लागि संरक्षण गर्न तयारी अवस्थामा रहन निर्देशनदिनुले भविष्यका घट्ना तर्फ संकेत गर्ने विश्लेषक बताउछन ।

राष्ट्रपति नेपाली सेनाको परमाधिपति पनि हुन् । विगत केहिसमय यता राष्ट्रपति नेपाली सेनाका वहालवाला र अवकासप्राप्त सेनाका हाकिमहरूसंग निरन्तर संवादमा छन् ।

निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उनले सेनालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array