अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।

पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै ¥याली निकालेका थिए । “आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,” प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।

स्थानीय सरकारले यसअघि कक्षा छभन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो, तर त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएको थियो ।
विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाव दिदै आएका छन् ।

देश भित्रका र देश बाहिरका अधिकारवादीहरुको पटक पटकको दवावका आधारमा तालिवान सरकारका अधिकारीहरुले विद्यालय तत्काल खुल्ने र छात्रालाई पनि पढ्न दिने आश्वासन दिने गरेपनि व्यवहारमा भने अझै पनि आलटाल गर्दै आएका छन् ।

तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुलाई अध्ययन, अध्यापन र रोजगारी गर्न प्रतिवन्ध लगाइएको छ । उनीहरुलाई घर बाहिर निस्कदा पनि एक्लै नहिड्न आदेश दिइएको छ । तालिवान सरकारले मुस्लीम कानुन अनुसार सरकार चलाउने प्रयास गरिरहेको छ भने त्यसका विरुद्धमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array