दार्चुलामा बाढी-पहिरोमा मृत्यु भएका पाँचजनाको शव भेटियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

धनगढी – दार्चुलामा बाढी पहिरोमा मृत्यु भएका पाँचजनाको शव भेटिएको छ । दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको शव फेला परेको बताइएको छ । पहिरोले आठ घर पुरिएको छ भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढी–पहिरोका कारण डेढ दर्जन घरहरू बगेका छन्। डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चारजना बेपत्ता भएको प्रहरीले बताएको छ। साथै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: