विवेकशील साझा पार्टी पुनर्गठन गर्नेे मिलन पाण्डेको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – मिलन पाण्डे समूहले विवेकशील साझा पार्टी पुनर्गठनको घोषणा गरेको छ । पाण्डेले एक विज्ञप्तिमार्फत असोज ३ गते राष्ट्रिय भेला बोलाइएको र त्यही भेलाबाट आगामी बाटो निर्धारण गर्ने जानकारी दिएका छन् ।

“हामीले बनाइरहेको निर्वाचन रणनीति अब सार्वजनिक गर्ने बेला आएको छ । अबको यात्राको रणनीति, निर्वाचन रणनीति तय गर्न हामीले हाम्रा अगुवा भेला यही २०७९ असोज ३ गते संविधान दिवसको दिन काठमाडौंमा बोलाएका छौँ,” विज्ञप्तिमा उल्लेख छ, “उक्त भेलाको छलफलबाट निस्केको निष्कर्ष अनुसार भावी बाटो तय गर्नेछौँ ।” अभियानलाई नयाँ शीराबाट जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array