नागरिकता विधेयक हाम्रो स्वाभिमान विपरित छ: ईश्वर पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक हाम्रो स्वाभिमान विपरित भएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंँमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बालउद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले भने,’संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्नेकुरा जुन किसिमले गरिएको छ, त्यसलाई बाटो खोलिएको छ, यो खेद जनक छ, राष्ट्रिय हीत विपरित छ। हाम्रो स्वाभिमान विपरित कुरा छ।

उनले नागरिकता विधेयकबारे एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array