धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम युवा सम्मेलन हुदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम सुदू्रपश्चिम युवा सम्मेलन भदौ २५ गते हुने भएको छ । बास नेपाल सुदूरपश्चिमले धनगढीको ओम प्यालेसमा भ्रष्टाचार विरुद्ध प्रथम सुदू्रपश्चिम युवा सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनमा प्रदेशका ९ ओटै जिल्लाका झण्डै एक हजार भन्दाबढी युवाहरुको सहभागीत रहने आयोजकले जनाएको छ । सुदूरपश्चिम बढीरहेको बढ्दो अनियमितता र भ्रष्टाचारको क्षेत्रमा युवाहरुको भुमिका, भ्रष्टाचार न्युनिकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताएका छन ।

उनले भ्रष्टाचार विरुद्धको युवाहरुलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहीता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्येश्य रहेको जानकारी दिएका छन । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका मन्त्री लगायत स्थानिय जनप्रतिनिधीहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्