क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान भइरहेको छ: जिल्ला प्रहरी काठमाडौँ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले बताएको छ। प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि अनुसन्धान भइरहेको जनाएको हो।

विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले भनेको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

लामिछानेविरुद्ध सोमबार प्रहरीमा उजुरी परेको थियो। उनी अहिले नेपालबाहिर छन्। अनुसन्धानका लागि आवश्यक परेको अवस्थामा सन्दीपलाई इन्टरपोलको सहयोगमार्फत नेपाल झिकाइने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array