एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ। गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन्।

गत आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो। गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्