युरोपमा नेपालीको फुटबल प्रतियोगिता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – फ्रान्सको राजधानी पेरिसमा नेपालीबीच आइतबार भएको युरोपस्तरीय फुटबल प्रतियोगितामा नेपाली ड्रिम टिम नेदरल्यान्ड्सले फ्रान्सको काठमाडौं ब्वाइज एफसीलाई ५–१ ले पराजित गरी उपाधि जितेको छ ।
एकदिने प्रतियोगितामा फ्रान्स, नेदरल्यान्ड्स, माल्टा, स्पेन, बेल्जियमलगायत देशका १६ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विजेता टिमले २ हजार ५ सय युरो र ट्रफी जित्यो । उपविजेता टिमले एक हजार ५ सय युरो पुरस्कार पायो । १८ गोलसहित सर्वाधिक गोलकर्ता साङ्गे तामाङ, उत्कृष्ट गोलकिपर वीरेन गुरुङ र उत्कृष्ट खेलाडी सुजन घले घोषित चुनिए । उनीहरू सबै विजेता टिमका खेलाडी हुन् ।

तमु समाज फ्रान्सले आयोजना गरेको प्रतियोगिताका विजेतालाई पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले पुरस्कृत गरे । उनले नेपालीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । समाजले हरेक वर्ष यस्ता प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array