राष्ट्रपति विद्यादेवी भण्डारीद्वरा भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख मनोज पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन । राष्ट्रपति निवास शीतल निवासमा सोमवार (आज) भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन ।

सेना प्रमुख पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतवार आएका थिए। नेपाल र भारतका प्रधान सेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिह्न र सम्मान दिने चलन रहेको छ । नेपालका प्रधान सेनापति प्रभुराम शर्माले यसअघि नै भारत पुगेर दर्ज्यानी चिह्न ग्रहण गरी सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array