अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको मुस्फिकर रहिमको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बंगलादेशका विकेटकिपर मुस्फिकर रहिमले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रहिमले छोटो ढाँचा (फर्म्याट) बाट सामाजिक संजाल ट्वीटरमार्फत आइतबार सन्यासको घोषणा गरेका हुन् । “म टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्न चाहन्छु । र, टेस्ट तथा एकदिवसीय फर्म्याटमा ध्यान केन्द्रित गर्न चाहन्छु । मौका आएपछि म फ्रेन्चाइज लिग खेल्न उपलब्ध हुनेछु । दुई फर्म्याटमा गर्वका साथ मेरो राष्ट्रको प्रतिनिधित्व गर्न तत्पर छु”,रहिमले लेखेका छन् । उनले बंगलादेशको प्रतिनिधित्व गर्दै १ सय २ टी-ट्वान्टी अन्तराष्ट्रियमा १९.२३ को औसतमा १५०० रन बनाएका छन् । उनी २०१२ र २०१४ को टी-ट्वान्टी विश्वकप अभियानमा टोलीको कप्तान थिए ।

पछिल्लो समय टी-ट्वान्टीमा रहिम नराम्रो लयबाट गुज्रिरहेका थिए । जारी एसिया कपमा उनले दुई खेलमा जम्मा ५ रन बनाएका थिए । श्रीलंकाविरुद्धको खेलमा टोलीको आवश्यक जितको लागि महत्वपूर्ण क्याच पनि छोडेका थिए ।बिहीबार श्रीलंकासँग दुई विकेटले पराजित भएपछि बंगलादेश एसिया कपबाट बाहिरिएको थियो । उनको अन्तिम टी-ट्वान्टी अर्धशतक गत वर्षको विश्वकपमा आएको थियो । उनले शारजाहमा श्रीलंकाविरुद्ध अपराजित ५७ रन बनाएका थिए । रहिम आफ्नो टी-ट्वान्टी करियरमा शकिबपछि दोस्रो प्रमुख बंगलादेशी स्टार हुन् ।

रहिमको यो निर्णय अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सुरु हुनुभन्दा एक महिनाअघि आएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array