समिट एयरको विमान दुर्घटना हुनबाट बच्यो, नेपाली आकासमा पुराना विमानको आतंक

नेपालमा पुराना विमानको आतंक डरलाग्दो रहेको छ । बर्षेनी दर्जनौले हवाई दुर्घटनामा ज्यान गुमाउदै आएका छन् । पुराना विमान   हवाई शुरक्षामा चुनौती बनेका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

१८ यात्रु लिएर मुस्ताङ उडेको समिट एयरको विमान दुर्घटना हुनबाट बचेको छ । पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि पोकरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै पोखरा विमानस्थलमानै  अवतरण गरिएको हो ।

जहाजमा इन्डिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

नेपालमा पुराना विमानको आतंक डरलाग्दो रहेको छ । बर्षेनी दर्जनौले हवाई दुर्घटनामा ज्यान गुमाउदै आएका छन् । पुराना विमान   हवाई शुरक्षामा चुनौती बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array