भारतमा नयाँ प्रधानन्यायाधीश नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
भारतमा तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।
ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएकी थिइन । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्न सफल भएका हुन् । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतमा न्यायाधीश थिए ।
ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । भण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने ललिते बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: