फेसबुक फ्यान धेरै भए सम्हालेर राख्नुहोस: एमाले युवा नेता बस्नेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं  – महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई फेसबुक फ्यान धेरै भए सम्हालेर राख्न नेकपा एमालेका युवा नेता महेश बस्नेतले आग्रह गरेका छन ।  प्रमुख शाहले अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्य गरेपछि बस्नेतले असन्तुष्टी जनाएका हुन ।

बस्नेतले भने “बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भएको छ ।” गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला,’ बस्नेतले फेसबुकमा लेखेको छन् ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array