नयाँ बीमा कम्पनी दर्ता लाइसेन्स दिने निर्णयमा आर्थिक चलखेलको गन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– बीमा समितिले बीमा नयाँ बीमा कम्पनीलाई नयाँ दर्ताको लाइसेन्स दिने तयारी गर्दै गर्दा आर्थिक चलखेलको गन्ध आउन थालेको  छ । चुनावको मुखमा सरकारले सात नयाँ कम्पनीलाई बीमा व्यवसाय गर्ने लाइसेन्स दिन लागेको हो। नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भनेको बीमा समितिले नै लघु बीमाका नयाँ कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाएउन लागेको हो ।

पुराना बीमा कम्पनी मर्जर प्रक्रियामा जान समितिले दबाव दिइरहेको बेला नयाँ कम्पनीलाई लाइसेन्स खोल्ने बाटो खोल्नु भनेको आर्थिक चलखेल भएको एक निर्जीवन बीमा कम्पनीका सिइओले गोरक्षा पोष्टलाई बताए । ‘अहिले नयाँ कम्पनी लाइसेन्स खोल्न दिनुमा आर्थिक चलखेल छ,’ उनले भने । यद्यपी उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । समितिले सात वटा कम्पनीलाई लाइसेन्स दिनेभन्दै ३५ दिनभित्र आवेदन दिन भनेका छ।चुनावको मुखमा लाइसेन्स दिने निर्णयले दलहरुले चुनावी खर्च जोहोको काम गरेको देखिने उनले बताए ।

खड्का प्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा बीमा समितिका अध्यक्ष बनेका सिलवाल पूर्व सचिव समेत रहिसेका हुन् । समितिले सातमध्ये तीन वटा जीवन र चार वटा निर्जीवन लघु बीमा कम्पनी खोल्नका लागि प्रस्ताव माग समेत गरिसकेको छ । यी कम्पनीको चुक्ता पुँजी कम्तिमा ७५ करोड रुपैयाँ तोकिएको छ।क्रस होल्डिङ भएका कम्पनीलाई मर्जर गराउन हिँडेका सिलवालले लघुबीमामा भने एउटै समूहलाई दुवै लाइसेन्स दिन सकिने व्यवस्था गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: