अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल तेस्रो स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ — अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसस्थित रोबोटिक क्लबले बिहीबार विशेष समारोहमा आफ्नो दुई दशकको यात्राबारे जानकारी दिएको हो ।

रोबोटिक क्लबले भारतको ‘ए’ टिम, भारतको ‘बी’ टिम, जापान, थाइल्यान्ड, चीनलगायत देशलाई पछाडि पार्दै रोवोकोन २०२२ मा तेस्रो स्थान हासिल गरेको हो । यो सँगै ‘नागासे अवार्ड’समेत नेपालले प्राप्त गरेको छ । क्लबका प्रशिक्षक रमेश चौधरीको अनुसार गत आइतबार भएको १२ राष्ट्रका १३ टोलीले भाग लिएको रोबोट प्रतियोगितामा नेपाल हङकङसँग मात्र पराजित भएको थियो । नम्बरको आधारमा यो प्रतियोगितामा हङकङ पहिलो स्थान प्राप्त गरेको हो ।

क्लबले सन् २००२ देखि अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा कुनै न कुनै पुरस्कार प्राप्त गर्दै आएको प्रशिक्षक चौधरीले बताए । एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन ९एवीयु०ले सन् २००० देखि बर्सेनि विभिन्न देशहरूमा विश्वविद्यालयस्तरीय रोबोट प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् २००१ देखि निरन्तर रोबोटिक क्लब ‘एवीयु रोवोकोन’मा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्