अन्तर्राष्ट्रिय स्ट्रिट फाइटर बाइकिङ अनुभव दिने होन्डाको मोटरसाइकल सार्वजानीक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले हालै होन्डा सीबी३०० एफ ३ रङ र २ भेरियन्ट डिलक्स र डिलक्स प्रोसहित सार्वजानीक गरेको छ । यस मोटरसाइकलको मूल्य २ लाख २५ हजार भारुमा लन्च गरेको छ । होन्डाको प्लान्टमा एक्टिभा, डियो, ग्राजिया र हालै लन्च गरिएको सीबी ३०० एफको उत्पादन हुनेछ ।
सो बाइकमा २९३ सीसीको आयल–कुल्ड फोर भल्व एसओएचसी इन्जिन समावेश गरिएको छ । होन्डा सीबी३०० मा १० नयाँ प्याटेन्ट एप्लिकेशन्सको साथमा आधुनिक इनोभेसन, डिजाइन र टेक्नोलोजीले फरक लुक रहेको छ । नयाँ होन्डा सीबी ३०० मा राइडिङलाई नियन्त्रणमा राख्न ड्युअल च्यानल एबीएसको सेफ्टी फिचर, असिस्ट र स्लिपर क्लच रहने छ । जसले सवारीलाई सहजता महसुस गराउने छ । बाइकको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको ब्रेकिङ पावर रहेको छ ।

यसमा ६ स्पिड ट्रान्समिसन र एलईडी हेडल्याम्पको विकल्प छ । सीबी ३०० एफ १५० एमएम चौडा रियर टायर र ५ स्टेप एड्जस्टेबल रियर मोनोशक सस्पेन्सनको साथ उपलब्ध छ । सीबी ३०० एफ को मस्कुलिन र टोन्ड ट्यांकले अन्तर्राष्ट्रिय स्ट्रिट फाइटर बाइकिङ अनुभव दिने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array