एन्फाद्धरा राई र डंगोल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले युगलकिशोर राई र विनोद डंगोल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले यसअघि साउन २६ गते सम्पन्न कार्यसमिति बैठकबाट बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । हुमागाईंसँगको सल्लाहमा राई र डंगोललाई नियुक्त गरेको एन्फाले जनाएको छ । नेपालले बंगलादेशसँग असोज ११ गते काठमाडौंमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा छन् । उनको भविष्यलाई लिएर एन्फा अझै अनिर्णीत छ । यसैबीचमा एन्फाले हुमागाईंलाई कार्यबाहकको जिम्मेवारी दिएको हो । हुमागाईंका साहायक बनेका राई नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै डंगोल मनाङ मर्स्याङ्दी क्लबका गोलकिपिङ प्रशिक्षक हुन् ।

अब्दुल्लाहको सहायकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल थिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: