आज साउनको अन्तिम सोमबार, भगवान शिवको पूजा गरेर समापन गरिदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आज साउन महिनाको अन्तिम सोमबार देशभर शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । काठमाडौंको पशुपतिनाथमा खास गरि बोलबम तीर्थालुहरुले सुन्दरीजलबाट ल्याएको जल चढाउने गर्दछन् भने महिलाहरुले सोमबारको पुजा आजा गर्ने गर्दछन् । भगवान शिवको आराधनाका लागि सबैभन्दा शुभ र फलदायी महिना साउन महिना मानिन्छ । पवित्र साउन महिनामा भगवान् शिवको विधिपूर्वक पूजा आराधना, जप, तपस्या गर्नाले साधकको सबैभन्दा ठूलो मनोकामना छिट्टै पूरा हुन्छ।

हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । काठमाडौं उपत्याकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, गुल्मीको रेसुङ्गा, पाल्पाको सिद्धबाबा, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्यादिको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट सहित देशैभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको भएपनि यसवर्ष कोरोनाका कारण मन्दिहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता छैन ।

साउन महिनाको सोमबार शिव पूजा का लागि झनै पवित्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array