नेपाली फिल्मका छायाँकार पाण्डेको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ – नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान ५५ बर्षिय पाण्डेको हृदयघातको कारण निधन भएको हो । काठमाडौंको गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उनको निधन भएको बताईएको छ ।

पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् । लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायांकनमा व्यस्त थिए उनले पन्ध्र सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका छन् भने दर्जनौंको संख्यामा टिभि कमर्शियल, वृत्तचित्र र चलचित्रहरु छायांकन गरेका छन् । उनले कागबेनी सहित, पण्डीत बाजेको लौरी, भुईमान्छे, जंग बहादुरको कोट, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरु छायांकन गरेका छन् ।

छायाँकार पाण्डे भदौ पहिलो साताबाट अभिनेता राजेश हमालले अभिनय गर्न लागेको एक नयाँ फिल्मको छायांकन गर्ने तयारीमा थिए । बेलायतमा पढ्दै आएका एक निर्देशकले रारा क्षेत्रमा छायांकन गर्न लागेको अंग्रेजी भाषामा निर्माण हुने फिल्मको वर्कशपमा बुधवार साँझसम्म उनी पनि सहभागी थिए । तर, वर्कशप सकेर घर पुगेपछि विहानीपख उनको स्वास्थ्यमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array