रवी लामिछाने माथि अमेरिकामा बैंक ठगीको मुद्दा रहेको आरोप, प्रवक्ता भन्छन सेटल भईसक्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

स्वतन्त्र पार्टी गठन गरेका पुर्व संचारकर्मी रवी लामिछाने ले अमेरिकामा झन्डै दर्जन बैंक ठगी  गरेर नेपाल आएको आरोप लागेको छ  ।

शुसासनको वकालत गर्ने रवी लामिछानेको नाममा अमेरिकाको अदालतमा बिभिन्न नौ वटा बैकले ठगीको मुद्दा दायर गरेको र उक्त मुदा कायम रहेको अमेरिकामा रहेका पत्रकार बसन्त घिमिरेले दावी गरेका छन्  ।

स्टेट बैंक अफ मेरिल्याण्ड, डिस्कवर बैंक, बैंक अफ अमेरिका, अमेरिकन एक्सप्रेस नेसनल बैंक लगायत नौ भन्दा बेसी बैंकले लामिछाने बिरुद्ध मुद्दा दायर गरेका छन् ।

लामिछाने अमेरिकामा रहदाका  लामिछाने निकट रहेकाले नाम नवताउने सर्तमा दिएको जानकारी अनुसार यो रकम २५ करोड माथि रहेको छ। यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

यो बिषयमा बुझ्न रवी लामिछाने सँग सम्पर्क गर्ने प्रयास सफल भएन । राष्ट्रिय स्वतन्त्र पार्टीका  प्रवक्ता मुकुल ढकाल सँग सम्पर्क भयो । ढकालले भने यो बिषयमा लामिछाने सँग कुरा गर्न आवश्यक छैन, यो बिषयमा जानकार रहेको भन्दै आफै प्रस्ट्याए । ‘(डा. ढकालका अनुसार १) अमेरिकी नियम अनुसार अमेरिकामा रवी लामिछानेलाई मुद्दा परेको हो । (२) यी मुद्दा सेटल भईसकेका हुन् | ३) यी मुद्दा धेरै रकमका थिएनन् र औपचारिकता लागि मात्र थिए ( ४) र अहिले कुनै मुद्दा छैन,’ । उनले भने ।

प्रतिक्रिया दिनुहोस्