सेयर कर्जा ब्रोकर मार्फत लिने बाटो खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ – नेपाल राष्ट्र बैंकले सेयर लगानीकर्तालाई ब्रोकर मार्फत सेयर कारोबारका लागि कर्जा दिन अनुमति दिएको छ ।  नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.ली (ब्रोकर नं.५५०) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गरेको हो । अब लगानीकर्ताहरुले सेयर कारोबारका लागि ब्रोकरहरु मार्फत नै कर्जा लिन सक्ने बाटो राष्ट्र बैंकले खुलाएको हो ।  राष्ट्र बैंकले साउन १६ गते उक्त कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति दिएको हो । भृकुटी स्टक ब्रोकरले नेपाल स्टक एक्सचेन्ज मार्फत मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न अनुमति माग गरेको थियो ।

राष्ट्र बैंकले मार्जिन कारोबार सम्बन्धि कार्यविधि २०७५ को प्राबधानभित्र रहेर राष्ट्र बैंक ऐन २०५८ बमोजिम भृकुटी स्टकलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्ने अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पनि ब्रोकर मार्फत मार्जिन कारोबारका लागि प्रदान गरिने कर्जामा विस्तारै १२ करोड को सिलिङ हटाउने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: , ,