आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

मेष
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।

वृष

वृष अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

मिथुन
बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।

कर्कट
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ।

सिंह
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।

कन्या
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ।

तुला
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

वृश्चिक
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।

धनु
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

मकर
परिबन्धले समस्या निम्त्याउन सक्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ।

कुम्भ
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मीन
समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

प्रतिक्रिया दिनुहोस्