अमेरिकामा बाढीले २५ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाको केन्टकी प्रान्तमा गएको तीन दिनदेखि बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिलेसम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् ।

उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ । केन्टकी प्रान्तमा अझै एक हप्ता ठूलो पानी पर्ने सम्भावना रहेको अमेरिकाको राष्ट्रिय मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array