आज सामान्यदेखि पूर्ण बदली, केही स्थानहरुमा मध्य बर्ष हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१ का केही स्थानमा तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: