आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

२०७९ साउन ११ गते, बुधवार, २७ जुलाई २०२२

मेष

- Advertisement -
Ad imageAd image

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

वृष
अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
मिथुन
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला।
सिंह
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ।

कन्या

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

तुला

नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ।

वृश्चिक
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ।

धनु
अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिनेछ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

मकर
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।

कुम्भ
हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्