आज यी प्रदेशहरु मा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । हाल देशभर मौसम बदली रहेको छ । बिहान देखि प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ । सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: