यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८६ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array