सरकारी निकायमा ठूलो संख्यामा खुल्यो जागिर, कहिले परीक्षा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं -लोक सेवा आयोगले आइतबार चालु आर्थिक वर्ष २०७९/०८० मा विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको छ ।आयोगले चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने कर्मचारी दरबन्दी तथा पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको हो ।

निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवाका विभिन्न पदहरुमा परीक्षा हुने आयोगको वार्षिक कार्य तालिकामा उल्लेख गरिएको छ । उक्त कार्यतालिकामा विभिन्न श्रेणी तथा तह, पदपूर्तिको किसिम, प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन र परीक्षा सञ्चालनको सम्भावित मिति, परीक्षाको नतीजा प्रकाशनको मिति तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत गरी आयोगले वर्षभरिको कार्यतालिका प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array