भदौ १४ सम्म आयातमा थप कडाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं- विदेशी मुद्रा संचिति घट्दै गएपछि सरकारले थप कडाई गर्दै आयात प्रतिवन्धलाई भदौं १४ गतेसम्म लम्ब्याएको छ।

विदेशी मुद्रा संचिति घट्दै गएपछि सरकारले आयात प्रतिवन्ध लगाएको हो। औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा आयातमा प्रतिबन्ध लगाइएको छ।सरकारले ,हिरा, कुरकुरे, कुरमुरे, लेज,१५० सीसी भन्दा माथिका बाइक ल्याउन प्रतिवन्ध लगाएको छ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले मोटरसाइकल र मोबाइल आयातमा थप कडाई गर्दै समय थपेको हो। त्यस्तै मोबाइलमा तीन सय डलरसम्मका मात्रै ल्याउन खुला गरेको छ। यसअघि ६ सय डलरसम्म ल्याउन पाइन्थ्यो।

यसैगरी औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ ल्याउन पाइने छैन। सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी ल्याउन रोक लगाइएको छ। यसैगरी जीप कार भ्यान आयातमा पनि पुर्ण प्रतिबन्ध लगाइएको छ।

खेलौनाहरुमा पनि प्रतिबन्ध लगाइएको छ। यसैगरी १ सय ५० सीसी देखी २ सय ५० सीसी सम्मका मोटरसाइकल साउन १ गते अघिनै प्रतित पत्र एलसी खुलेको भए ल्याउन पाइने उल्लेख छ।

मन्त्रालयले बैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। सरकारले पहिले भन्दा अहिले प्रतिबन्धको मोडालिटी फेरेको हो।

गाडी व्यवसायीहरुले सवारी आयात खुलाईदिन प्रधानमन्त्री शेरबहादूर देउवासँग निरन्तर आग्रह गरेका थिए। यसको आधारमा प्रतिबन्ध खुलाउने/नखुलाउने विषयमा वाणिज्य मन्त्रालयले एक अध्ययन कमिटी बनाएको थियो। सोहि कमिटीको सुझावको आधारमा आयात प्रतिबन्ध भएको हो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: