यस्तो छ, आजको मौसम पूर्वानुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू=भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: