यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array