संविधानसभा सदस्य सुवेदीको शालिक अनावरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । रामेछाप जिल्लाबाट संविधानसभा सदस्य कमला कुमारी सुवेदीको शालिक अनावरण भएको छ । मन्थली नगरपालिका नगरप्रमुख लव श्रेष्ठले एक कार्यक्रका बीच उक्त शालिक अनावरण गरेका हुन ।

सुवेदी तत्कालिन नेकपा एमालेबाट समानुपातिकतर्फ संविधान सभा सदस्य भएकी थिईन । सुवेदीको शालिक निर्माण तथा व्यवस्थापनमा मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेशकुमार बस्नेतको सक्रियता रहेता रहेको थियो ।

बस्नेतकै कार्यकालमा बजेट विनियोजन भई निर्माण कार्य समेत सम्पन्न भएको भएता पनि शालिक अनावरण कार्यक्रम भने स्थानीय तहको निर्वाचन आचारसंहिताका कारणले रोकिएको थियो ।

बाम आन्दोलनमा सुवेदीको महत्वपुर्ण योगदान रहेको बताईएको छ । उनको शालिक मन्थली नगरपालिका वडा नं. १ स्थित मच्छेडाँडीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array