बाम मेलमिलापको वातावरण निर्माण गरौँः भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खीमलाल भट्टराईले कांग्रेसको बैसाखी फालेर वाम मेलमिलापको आधार तयार पार्न आह्वान गरेका छन् ।

उनले शुक्रवार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसको दक्षिणपन्थी बैसाखी मिल्काइदिऔँ र वाम मेलमिलापको आधार तयार पारौँ । यसबाट नै देश र जनताको भलाइ हुनेछ ।’

उनले जनताले कम्युनिष्ट मिलेको हेर्न चाहेको भन्दै नमिल्दा कांग्रेसले फाइदा लिने बताए । ‘नेपालका हामी कम्युनिष्टहरूले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् । नमिल्दा कांग्रेसले फाइदा लिन्छ,’ उनले लेखेका छन्, ‘यसो हुँदा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि न राष्ट्रिय स्वाधीनताको रक्षा र प्रवर्द्धन नै हुन्छ । देशको अवस्था झनै बर्बादीतिर जानेछ ।’

उनले यसको परिणाम देशमा पश्चागमनका लागि आधार तयार हुँदै जाने बताए । ‘यो अवस्थालाई हामीले टुलुटुलु हेरेर बस्न मिल्ला र रु त्यसैले कांग्रेसको दक्षिणपन्थी बैसाखी मिल्काइदिऔँ र वाम मेलमिलापको आधार तयार पारौँ ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: