कृषि विकास बैंकमा १५२ जना कर्मचारी माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: