रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मा जर्मन कम्पनीलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८ ६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटे देखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ ।

यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।

बोर्डका सहायक प्रवक्ता रमेश अधिकारीले जर्मन कम्पनी डीआईएजीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको बताए । उनले भने, ‘बोर्डको ५० औं बैठकले जर्मन कम्पनीलाई नेपालमा मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न दिने निर्णय गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array