एनसेलको आकर्षक ‘डबल मजा प्याक’, अफर, १२५ रुपैयाँमै ५ जीबी डेटा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ सार्वजनिक गरेको छ ।

यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ ।

यसको मतलब यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर असार २४ गते शुक्रबारबाट संचालनमा आएको छ ।

समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने यस अफरको विषेशता हो । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array