यस्तो छ, आज तरकारी र फलफूलको बजार मुल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्य सूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । यस्तै नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँदेखि ७० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म कायम गरिएको छ । रातो आलु (भारतीय)को मूल्य ३७ देखि ३९ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । कागती प्रति किलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array