आज, यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । आज बिहान प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

वर्षाका कारण नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array