पदाधिकारीमा अझै गृहकार्य गर्नुपर्ने भयोः प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न गहृकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय मागेका छन् । प्रज्ञा प्रतिष्ठान, कमलादीमा केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन २-४ दिन दिनसु् ।’

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताए ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै उनले भने, ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । २-४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी टुंगो लगाउँछु ।’

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array