हिमालयन र सिभिल बैंकबीच मर्जर हुने, शुक्रबार सम्झौता हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । हिमालयन बैंक लिमिटे र सिभिल बैंक लिमिटेड बीच मर्जहुने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू) मा शुक्रबार हस्ताक्षर हुने भएको छ ।

बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गर्न स्वीकृत प्रदान गरेको छ । सिभिल बैंकले पनि बिहीबार नै सञ्चालक समिति बैंठक बोलाएको छ ।

संयुक्त कारोबार हिमालयन बैंकको नामबाट गर्ने र हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैंकको बोर्ड बैठकले स्वीकृत गरेको हो । हिमालयन बैंकमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैंकमा सेयरधनीको मर्जरपछि ८१ कित्ता सेयर हुने अनौपचारीक सहमति भएपनि एमओयूमाको ड्राफ्टमा भने उक्त कुरा समावेश भएको छैन ।

कर्मचारी समायोजन, सञ्चालक समिति, उच्च व्यवस्थापन कोर बैंकिङ सिस्टम लगायतका विषय के हुने भन्ने सहमति नभएको र अहिलेसम्म डीडीए भएको छैन । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने , गाभिने, मर्जर तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा आउने सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा मर्जर गर्न लागेको रेसियो १० प्रतिशत भन्दा तलमाथि भएमा डीडीए रिर्पोटअनुसार हुनपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्