१२ बुँदे व्याख्यात्मक घोषणाबारे संसदमा जानकारी गराउन माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे संसदले घोषणा गरेको व्याख्यात्मक घोषणाबारे सरकारसँग जवाफ माग गरेका छन्।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख सचेतक गुरुङले एमसीसी सम्बन्धमा व्याख्यात्मक घोषणा स्वीकार्य नभए कार्यान्वयनमा लैजान नसकिने बताएका हुन्।

- Advertisement -
Ad imageAd image

‘एसपीपी सम्झौता कार्यान्वयन नगर्ने निर्णयबारे अविलम्ब पत्राचार गरियोस्। आइपीएसको सदस्य बनेको हो, होइन, नबन्नको लागि पत्राचार गरियोस’ गुरुङले भने, ‘१२ बुँदे स्वीकार्य नभएको अवस्थामा एमसीसी कार्यान्वयनमा जान हुँदैन रोकियोस ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्