गोर्खा राज्यको स्थापना पश्चात् गोर्खा राज्य विस्तारको नेतृत्व र निर्देशन समेतबाट प्राणको बाजी थाप्न पछि नपर्ने हाम्रा वीर गोर्खा पुर्खाहरुका रगत पसीनाले निर्मित यो गोर्खा राष्ट्रको संरक्षण सहितको अभिभावकत्व ग्रहण गर्दै आएका सबै सबैका साझा शाहबंशीय गोर्खा राजाहरूका बंशज, गोर्खा राज्यका उत्तराधिकारी, लोकसम्मति अनुसार शासन गर्ने परम्परामा आबध्द, एकमात्र हिन्दू धर्मावलम्बी गोर्खा राजालाई, गाेर्खा गौरवका शत्रु, विदेशीहरूका षडयन्त्रबाट प्रतिशाेध लिन गाेर्खाकाे ठाउँमा जबर्जस्तिले नयाँ नामाकरण गराइएपछिमात्र भन्न थालिएका नेपालका राजा, तर वास्तवमा याे गाेर्खा राष्ट्रका राजा, राष्ट्रिय एकताका प्रतिक, श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकार, आजका दिनबाट ७६ बर्षमा पदार्पण गरिबक्सेको पुनित अवसरमा, मौसुफ सरकारको सुस्वास्थ र दीर्घायुकालागि हाम्रो गोर्खा राष्ट्रका कुलगुरु गोरखनाथ बाबासंग भक्तिपूर्वक बोल-बिन्ती गर्दछु ।।

“इतिहास सबै हेरी सच्याउँदै सबै कुरा,
त्याग्नै पर्दछ चिनेर कृतिम बनावटी कुरा ”।।
जय गोरखनाथ जय गोर्खा ।। डि राज कोइरालाको वाल बाट साभार
प्रतिक्रिया दिनुहोस्